Search
Close this search box.
Search
Close this search box.

ब्रिक्स सम्मेलनमा कोरोना चिन्ता

काठमाडौं। मंगलबार सम्पन्न ब्रिक्स देशहरूको १२औं सम्मेलनमा मुख्य रूपमा कोरोना भ्याक्सिन उत्पादनबारे छलफल भएको छ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन उत्पादनमा ब्रिक्स सदस्यलाई संयुक्त प्रयास गर्न आह्वान गरे। उनले आफ्नो देशले बनाएको स्पुतनिक(भीको उत्पादन चीन र भारतले पनि गर्न सक्ने बताए। ब्रिक्सका रूसका साथै ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिका छन्।

भिडिओ कन्फरेन्समा ब्रिक्सको १२औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले भने, ‘‘मलाई लाग्छ, कोरोना भ्याक्सिन विकास तथा अनुसन्धानका लागि ब्रिक्स देशले गति दिनु आवश्यक छ, यसका लागि हामी सहमत हुनुपर्छ।’’

सम्मेलनमा पुटिनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनफिङ, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामफोसा सहभागी थिए। सम्मेलनको अध्यक्षता पुटिनले गरेका थिए।

रूसले स्पुतनिक(भीगत अगस्टमा दर्ता गरेको थियो। पुटिनले भने, ‘‘रूसी प्रत्यक्ष लगानीकोषले स्पुतनिक(भीको परीक्षण तथा यसको असरबारे अध्ययन गर्न ब्राजिल र भारतसँग सम्झौता गरेको छ। चीन र भारतका औषधि कम्पनीसँग पनि सम्झौता भएको छ, यसले ती देशमा भ्याक्सिन उत्पादन सुरू गर्ने ढोका खुलेको छ। हामी आफ्नो मात्र होइन ब्रिक्स सदस्य देशलाई भ्याक्सिनमा मद्दत गर्न चाहन्छौं।’’

‘‘चिनियाँ कम्पनीले खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणका निम्ति रूसी तथा ब्राजिली साझेदारसँग मिलेर काम गरिरहेको छ। हामी भारत र दक्षिण अफ्रिकासँग पनि भ्याक्सिन निर्माणमा सहकार्य गर्न तयार छौं।’’

अगस्ट ११ मा रूसले कोरोना भ्याक्सिन दर्ता गर्दै संसारमै पहिलो देश घोषणा गरेको थियो। रूसले गामेलिया इन्स्टिच्युटमार्फत् भ्याक्सिन बनाएको हो। रूस आफ्नो प्रत्यक्ष लगानी कोषमार्फत् भ्याक्सिन निर्माण गर्न अन्य देशलाई पनि मद्दत गरिरहेको छ।

उता, सम्मेलनमा चीनका राष्ट्रपति चिनफिङले पनि भ्याक्सिन बनाउन भारत तथा ब्रिक्सका अन्य देशसँग सहकार्य गनुपर्ने बताएका छन्। उनले भ्याक्सिन निर्माणलाई लिएर ब्रिक्सले एउटा अलग संगोष्ठी गर्नु आवश्यक रहेको धारण राखे।

भिडिओ कन्फरेन्समा उनले भने, ‘‘चिनियाँ कम्पनीले खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणका निम्ति रूसी तथा ब्राजिली साझेदारसँग मिलेर काम गरिरहेको छ। हामी भारत र दक्षिण अफ्रिकासँग पनि भ्याक्सिन निर्माणमा सहकार्य गर्न तयार छौं।’’

चिनफिङले आफ्नो देशले बनाइरहेको कोभ्याक्स खोप ब्रिक्स देशलाई प्रदान गर्न विचार गरिरहेको बताए। सम्बोधनका क्रममा उनले ब्रिक्स देशले बहुपक्षवाद र वैश्विकरणको समर्थन गर्नुपर्ने धारणा राखे। पछिल्लो समय चीन र भारतबीच उत्पन्न तनावबारे ब्रिक्समा छलफल हुने अपेक्षा गरिए पनि त्यसबारे खासै चर्चा हुन पाएन। (एजेन्सीहरूको सहयोगमा)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *