भट्टराईको नेतृत्वमा उम्मेद्वार घोषणा

बिर्तामोड, ५ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेद्वार घोषणा गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच सुवास भट्टराईको नेतृत्वमा उम्मेद्वार सार्वजनिक भएका हुन् ।

EPIC

आगामी फागुन १६ गते हुने चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेद्वारी छ ।

त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाई, गोरीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेद्वारीे छ ।

राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीको उम्मेद्वारी घोषणा गरिएको छ ।

EPIC EPIC EPIC

निर्वाचन समितिले फागुन ६ गते उम्मेद्वारको मनोनयन दर्ताका लागि मिति तय गरेको छ । यसपटकको चुनावमा चार हजार ५३९ मतदाता छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता छन् ।

EPIC

नेकपा नेता रोमणी भट्टराईको अध्यक्षतामा सम्पन्न संयुक्त गठबन्धनको उम्मेद्वार घोषणा सभालाई नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, बिर्तामोडका पुराना व्यवसायी नेता वेदप्रकाश अग्रवालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गरेका थिए ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar