Search
Close this search box.
Search
Close this search box.

भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा डिएनए टेस्ट सेवा

भद्रपुर। भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालले नेपालमै पहिलो पटक डिएनए टेस्ट सेवाको सुरूवात गरेको छ। अस्पतालले झापाको विर्तामोडमा तीन महिना अगाडि ‘मेरो डिएनए’ कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा शुरू गरेपछि, अब आफ्नै नामबाट भद्रपुरमा यो सेवा उपलब्ध गराउन थालेको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलका अनुसार, ६ वर्ष अगाडि अमेरिकामा सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा अब नेपालमै पहिलो पटक उपलब्ध गराइएको छ। यो सेवा जीवनमा एक पटक मात्र गर्ने डिएनए परीक्षण हो, जसले मानव शरीरको सविस्तार जानकारी दिन्छ।

EPIC

पोखरेलका अनुसार, दुई वर्षमाथिका व्यक्तिहरूको लागि यो परीक्षणले शरीरमा भएका र हुन सक्ने रोगहरूको पहिचान गरी उपचारमा सहयोग पुर्‍याउन सक्छ।

डिएनए टेस्ट सेवाका विशेषज्ञ डा. आर्सी मौलेका अनुसार, छिमेकी भारतमा दुई वर्ष अगाडि सुरू भएको यो टेस्टले १३१ प्रकारका परीक्षणहरू गरेर मानव शरीरका लागि आवश्यक तत्व, वंशाणुजन्य रोगहरू, र भविष्यमा आउन सक्ने सम्भावित रोगहरूको बारेमा ९९.९९ प्रतिशत विश्वासनीय रिपोर्ट प्रदान गर्दछ।

डा. मौलेले यस परीक्षणबाट १६५ प्रकारका औषधीहरूको प्रभाव र शरीरले स्वीकार्ने वा नस्वीकार्ने कुरासमेत पत्ता लगाउन सकिने जानकारी दिए। उनले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारीका लागि एक पटक यो परीक्षण गर्न आवश्यक रहेको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *