भद्रपुरमा हात्तीपाइलेको औषधि सेवन नगरे नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने

भद्रपुरवासीले यस पटक हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन नगरे नगरपालिकाले प्रदान गर्ने सेवा सुविधामाथि नै रोक लगाउने भएको छ ।

झापा जिल्लाभर यही बैशाख १६ देखि २२ गतेसम्म राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधि खुवाउने कार्यक्रम हुँदैछ । यो १३ औं पटकको अभियान हो । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान जिल्लामा सफल नभएपछि यस पटक अभियानलाई अन्तिम बनाउन सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी प्रहरी, प्रशासन लागि परेका छन् । 

EPIC EPIC EPIC

भद्रपुर नगर प्रमुख गणेश पोखरेलका अनुसार हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन सफल बनाउन नगरपालिकाले यस पटक हात्तीपाइले कार्ड नै जारी गरेको छ । औषधि सेवन गरेका व्यक्तिले कार्ड देखाए मात्र नगरपालिका र वडा कार्यालयहरूले सेवा सुविधा दिने व्यवस्था गरेका छौँ । 

‘औषधि सेवन नगरेका वा कार्डमा नभएका व्यक्ति अबदेखि सेवा सुविधाबाट वञ्चित हुन्छ,’ नगर प्रमुख पोखरेलले भने । अभियानलाई सफल बनाउन स्वास्थ्य शाखाले बुधबार मात्रै सामुदायिक तथा संस्थागत विद्यालयहरूका प्रअहरुलाई बोलाएर हात्तीपाइले रोगविरुद्ध अन्तरक्रिया गरिसकेको छ । 

यो अभियान विद्यालय स्तरबाटै सफल बनाउन लागि परेका छौँ । ‘विद्यार्थीहरूलाई औषधी खुवाउने शिक्षक आफै औषधि सेवन गर्दैन भन्ने सुन्न आएको छ,’ नगर प्रमुख पोखरेलले भने, ‘यो पटक यस्तो हुनुहुँदैन, शिक्षकले सेवन गर्ने, विद्यार्थीलाई पनि सेवन गराउने र विद्यार्थीमार्फत अभिभावकलाई पनि सेवन गर्न लगाउनु पर्छ ।’ 

अघिल्लो वर्ष भद्रपुरमा ५३.३ प्रतिशतले मात्र औषधि सेवन गरेको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । ६८ हजार ६२४ जनामध्ये ३६ हजार ६७० जनाले मात्र औषधि सेवन गरेका थिए । यस वर्ष ६७ हजार ७११ जनालाई औषधि खुवाउने अभियानमा लागि परेको उनले बताए । यस पटक अन्तिम अभियान बनाउन विद्यालय, टोल विकास संस्था, वडा कार्यालयहरूमा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रमहरू गरिरहेको उनको भनाई । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *