Search
Close this search box.
Search
Close this search box.

भद्रपुर प्रादेशिक अस्पताल चिकित्सकमाथि गलत पोस्टमार्टम रिपोर्ट दिएको आरोपमा कारवाही हुने

झापा, पुष २३। प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सक डा. केवल कपुरीले गलत पोस्टमार्टम रिपोर्ट दिएको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ।

शनिबार साँझ बिर्तामोड नगरपालिका-८ को भित्री सडकखण्डमा मोटरसाइकल ठक्करबाट घाइते भएका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ, जो सुकुम्बासी टोलका बासिन्दा हुन्, सामान्य उपचारपछि घर फर्किएका थिए। तर, आइतबार बिहान आफ्नै कोठामा मृत फेला परे। पोस्टमार्टम रिपोर्टमा डा. कपुरीले मृत्युको कारण निमोनियाका रूपमा उल्लेख गरेपछि परिवारजन आक्रोशित भएका थिए।

EPIC EPIC EPIC

आफन्तको दबाब र आन्दोलनका कारण अस्पतालले पोस्टमार्टम रिपोर्ट सच्याएको र परिवारले शव बुझेको वडाध्यक्ष अजय कार्कीले जानकारी दिएका छन्।

यसैबीच, दुर्घटनामा संलग्न मोटरसाइकल चालक बुद्ध बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाले पोस्टमार्टम रिपोर्टको विश्वसनीयता र अस्पताल प्रशासनको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *