भद्रपुर।
नेपाल विद्युत प्राधिकरणको भद्रपुर वितरण केन्द्रअन्तर्गतका फिडरहरू सोमबार चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ।
भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईँका अनुसार ३३/११ के.भी. चन्द्रगढी सवस्टेशनमा प्राविधिक सुधार कार्य गर्न लागिएकाले माघ १४ गते दिउँसो १:०० बजेदेखि साँझ ५:०० बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ।
३३ के.भी. बनियानी फिडरको कन्ट्रोल एन्ड रिलेस प्यानल (Control and Relay Panel) लाई सबस्टेशन अटोमेसन सिस्टम (SAS) सँग एकीकृत गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जानकारी दिइएको छ। यसका कारण बनियानी सवस्टेशनअन्तर्गतका सम्पूर्ण फिडरहरूबाट सञ्चालित विद्युत आपूर्ति चार घण्टा प्रभावित हुनेछ।
काम समयभन्दा चाँडै सकिएमा विद्युत सेवा तत्काल पुनः सुचारु गरिने प्राधिकरणले जनाएको छ।
