Search
Close this search box.
Search
Close this search box.

भलिबल प्रतियोगिताको उपाधिका लागि वडा न.३ र ४(बी)भिड्ने

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा आयोजित प्रथम उपाध्यक्ष कप नकआउट भलिवल प्रतियोगिताको उपाधिका लागि वडा न.४ (बी) र ३ भिड्ने भएका छन् । चैत्र ३ गतेवाट बुद्धशान्ति–४ स्थित बर्ने चिया कमानको खेल मैदानमा सञ्चालित प्रतियोगितामा विहिवार सेमिफाइनलका खेल सम्पन्न भएका छन् ।

विहिवारको पहिलो सेमिफाइनल खेलमा वडा न.४(बी) ले वडा न.२ लाई २५/१७, २५/२२ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । यस अघि वडा न.४ (बी) ले वडा न.६ लाई र वडा न.२ ले वडा न.५ लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै, दोस्रो खेलमा वडा न.३ ले वडा न.४ (ए) लाई २५/१७, २५/१९ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक खेल खेलेका दुवै टोलीले एक–आपसमा सन्तोषजनक खेल खेलेका थिए । यस अघि वडा न.४ (ए) ले वडा न.१ लाई र ३ ले ७ न.वडालाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल चेत्र ७ गते शनिवार १ बजेबाट हुने आयोजक समितिले जनाएको छ ।

स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहन गरी पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी एक बजबुत टोली बनाउने सो प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिकामा आयोजना हुने भलिबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रथम अध्यक्ष कप नक–आउट फुटवल प्रतियोगिता २०७७ आगामी चैत्र १२ गतेवाट त्रिभुवन माविको खेल मैदानमा हुदैंछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *