भाइटीकाको दिन रानीपोखरी खुला हुने

काठमाडौं। भाइटीकाको दिन रानीपोखरी खुला हुने भएको छ। भर्खरै पुनर्निर्माण सम्पन्‍न भएको रानीपोखरी यस वर्षको तिहारमा सर्वसाधारणका लागि खुला गर्न काठमाडौं महानगरपालिका र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबीच सहमति भएको हो।

EPIC

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र महानगरका मेयर विद्याशुन्दर शाक्यबीच आज भएको छलफलपछि मंसिर १ गतेका दिन रानीपोखरी खुला गर्ने सहमति भएको हो।

मेयर शाक्यका अनुसार भाइटीकाको दिन रानीपोखरी खुला गर्ने निर्णय भएको हो। पुनर्निर्माण सम्पन्न भएपछि कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। २०७२ सालको भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानीपोखरी लामो समयसम्म बन्न सकेको थिएन।

दिदीबहिनी नहुनेले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर पूजा एवं दर्शन गर्ने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar