Search
Close this search box.
Search
Close this search box.

भारतकाे कश्मीरमा बन्धक बनाई काममा लगाइएका ३६ जना नेपालीकाे उद्धार

नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३६ जनाको उद्धार भएको छ ।

दलालहरूले राम्रो आम्दानीको प्रलोभन देखाएर सर्लाही, महोत्तरी र धनुषाका गाउँबाट उनीहरूलाई कश्मीर पुर्‍याएका थिए । कश्मीर लगेपछि नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिकसमेत नदिई कुटपिट, डर/धम्की देखाएर काममा लगाउँदै आएको थियो ।

झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीमा रहेको नेपाली दूतावास, जम्मु–कश्मीर पुलिस, क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । उद्धारका लागि सामाजिक संस्था किन इन्डियाले पहल गरेको हो ।

उद्धारका लागि कश्मीर पुगेका किन इन्डियाका प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताउनुभयो । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताउनुभयो ।

ठेकेदारको बन्धकबाट भागेका एक जनाले आफन्तलाई खबर गरेपछि बाँकी मजदुर मुक्त गर्ने पहल शुरु भएको हो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली मजदुरलाई बन्धक बनाउने दुई जना पक्राउ परेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *