Search
Close this search box.
Search
Close this search box.

भारतको उत्तरप्रदेशमा सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु

EPIC

एजेन्सी – भारतको उत्तरप्रदेशको प्रतापगढमा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर फर्किएको बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । प्रहरीका अनुसार जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *