Search
Close this search box.
Search
Close this search box.

भारतको जम्मु कश्मीरमा पहिलो चरणको मतदान

जम्मु, एजेन्सी । भारतको जम्मु र कश्मीर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचनअन्तर्गत मतदान भएको छ। जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार बिहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय समयानुसार बिहान सुरु भएको मतदान दिउँसो २ बजेसम्ममा सम्पन्न गर्ने तय गरिएको थियो। केन्द्रीय सरकार मातहतमा रहेको कुल २८० निर्वाचन क्षेत्रमध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो।

जम्मु र कश्मीरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ। सबै चरणका निर्वाचन आगामी डिसेम्बर १९ सम्ममा सम्पन्न हुने तालिका रहेको छ।

त्यसै गरी गणना भने डिसेम्बर २२ देखि हुने निर्वाचन कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्। जिल्ला विकास परिषद्सँगै खालि रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को २३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ।

निर्वाचनका लागि नेस्नल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई(एम) पार्टीले गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचनमा राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसले पनि आ–आफ्ना उम्मेदवारहरु प्रतिस्पर्धामा उतारेका छन्।

मतदानका क्रममा कोरोनाभाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउन लगाइएको छ। स्वास्थ्य विभागका कर्मचारीहरुलाई परिचालन गरेर निर्वाचनमा संलग्न सवैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के के शर्माले जानकारी दिएका छन्।

निर्वाचनका लागि अत्यावश्यक पर्ने, सुरक्षा व्यवस्थालगायतका सवै व्यवस्थापन पर्याप्त रुपमा गरिएको छ, शर्माले भने। उनका अनुसार पहिलो र दोस्रो चरणको निर्वाचन हुने दुर्गम क्षेत्रमा पनि निर्वाचनको तयारी पूरा गरिएको छ।

जम्मु र कश्मीरका प्रहरी महानिर्देशक डिलबाग सिंहको अध्यक्षतामा शुक्रबार बसेको उच्चस्तरीय बैठकले निर्वाचनको तयारी सम्बन्धी सबै पक्षमा समीक्षा गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *