Search
Close this search box.
Search
Close this search box.

भारतको राजिस्थानमा ग्यास बोकेको ट्याङ्कर र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु

screenshot 20230217 130908 chrome

शुक्रबार बिहान भारतको अजमेरको रानीबाग रिसोर्ट नजिकै ठूलो दुर्घटना भएको छ। ग्यास ट्यांकर र ट्रकको ट्रेलर एकआपसमा ठोक्किँदा ४ जना जिउँदै जलेका छन् भने चार जना गम्भीर घाइते भएको भारतिय सञ्चारमाध्यम  बताइएको छ ।


भारतीय सञ्चारमाध्यमले दिएको जानकारीका अनुसार ठोक्किएपछि विस्फोट पनि भएको थियो जसका कारण ग्यास ट्याङ्करमा आगो लागेको थियो । जसका कारण आगो सडक र वरपर करिब ४ सय मिटरसम्म फैलिएको थियो ।


राजमार्गमा गुडिरहेका दुई ट्रक र कैयौं दुईपाङ्ग्रे सवारीसाधन पनि यसको चपेटामा परेका छन् । आगलागीका कारण मिश्रीपुरा, गरिब नवाज कोलोनीलगायत आसपासका १० भन्दा बढी घर जलेर नष्ट भएका छन् । मृत्यु हुनेमा ग्यास ट्याङ्कर र मार्बल ढुङ्गा बोकेको ट्रेलर दुवैका चालक रहेका छन् । घाइतेहरुलाई जेएलएन अस्पतालमा भर्ना गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *