Search
Close this search box.
Search
Close this search box.

भारतमा कृषि कानूनको विरोधमा चर्कंदै प्रदर्शन

भारतमा कृषि कानूनको विरोधमा जारी प्रदर्शन थप चर्किंदै गएको छ । विभिन्न बाधा र झडपका बीच अलग अलग राज्यबाट किसानहरु दिल्लीतर्फ अघि बढेका हुन् ।

नयाँ कृषि कानूनको विरोधमा किसानको प्रदर्शनले विशाल रुप लिएको हो । नयाँ कानुनमा कृषि क्षेत्रमा पूँजीपति या व्यसायिक घरानालाई सुम्पिने नियत रहेको र त्यसले किसानको कुनै पनि अर्थमा हित नहुने किसान संगठनको आरोप छ ।

हरियणाबाट पचास हजारको संख्यामा किसान दिल्लीतर्फ हिँडेका छन् । दिल्ली जाँदै गरेका किसानलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । प्रहरी टोलीले किसानलाई पानीको फोहोरा, टियर ग्यास र रबरका गोली समेत प्रहार गरेको छ ।

प्रहरीले प्रदर्शनमा सहभागी किसानलाई फिर्ता पठाउन बल प्रयोगसहितका कोशिश गरे पनि सफल भएको छैन । आन्दोलित किसानहरुले सडकमै रात बिताएका छन् । उत्तर प्रदेश, उत्तराखण्ड, राजस्थान, केराला र पन्जाबका किसानहरु प्रदर्शनमा सहभागी छन् ।

उनीहरुले केन्द्र सरकारसँग विभिन्न माग राख्दै दिल्लीसम्म मार्च गरिरहेका हुन् । सत्तारुढ दल भारतीय जनता पार्टीले भने प्रतिपक्षी दल कंग्रेसलाई आफ्नो स्वार्थका लागि किसानलाई उचालेको आरोप लगाएको छ ।एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *