Search
Close this search box.
Search
Close this search box.

भारतमा झन् तीव्र फैलियो कोभिड, एकै दिन ९० हजार संक्रमित

भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएकाे छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको छ । 

भारतमा अहिलेसम्म २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । भारतका २६ राज्यहरुमा ओमिक्रोन फैलिएको छ । ओमिक्रोनका कारण राजस्थानमा एक ७३ वर्षीय बृद्धको मृत्यु भएको छ । उनले पूर्ण खोप लगाएका थिए । 

EPIC

विज्ञहरुका अनुसार भारतमा दैनिक संक्रमण दर ६ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, निको हुने दर पनि बढ्दो छ । पछिल्लो २४ घन्टामा १९ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । 

मुम्बईमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै देखिएकाे छ । मुम्बईमा बुधबार १५ हजारमा संक्रमण देखिएको हो ।  न्युज कारखाना

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *