Search
Close this search box.
Search
Close this search box.

भारतमा निकै घट्यो कोरोना संक्रमण दर

काठमाडौँ, एजेन्सी । भारतमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार तीन महिनायता पहिलोपटक एक दिन (२४ घण्टा) मा ४० हजारभन्दा कम जनामा मात्र  कोरोना संक्रमण पुष्टि भएको हो।  

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४६९ जनामा कोरोना पुष्टि भएको हो। विगतको तुलनामा यो निकै कम हो। सोही अवधिमा कोरोनाका कारण ४ सय ८८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

यो समेत गर्दा भारतमा कोरोना संक्रमितको कूल संख्या ७९ लाख ४६हजार ४२९ पुगेको छ भने १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *