भारतमा सेनाको हतियार कारखानामा विस्फोट, ८ जनाको मृत्यु

काठमाण्डौ। शुक्रबार भारतको महाराष्ट्रको भण्डारामा रहेको सेनाको हतियार कारखानामा विस्फोट भएको छ। दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

कारखाना व्यवस्थापनले एक प्रेस विज्ञप्ति जारी गर्दै विस्फोटपछि कारखानामा फसेका सबै १३ जनालाई उद्धार गरिएको जनाएको छ। जसमध्ये ५ जना घाइते छन्, जसलाई आवश्यक चिकित्सा सहयोग दिइँदैछ।

EPIC EPIC EPIC

विस्फोट कारखानाको एक भवनमा विस्फोट भयो। यसको छानबिन गर्न समिति गठन गरिएको छ। विस्फोटको आवाज ५ किलोमिटर टाढासम्म सुनिएको थियो। विस्फोटपछि फलाम र ढुङ्गाका टुक्राहरू टाढा(टाढा छरिएका देखिए।

जवाहर नगरमा रहेको अर्डनेन्स फ्याक्ट्रीको आरकेआर शाखा खण्डमा विस्फोट भएको थियो। जआ आरडीएक्स बनाइन्छ। यो विस्फोट यसैमा भएको थियो। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। विस्फोट भएको भवन पूर्ण रूपमा ध्वस्त भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *