Search
Close this search box.
Search
Close this search box.

भारतमा होर्डिङ बोर्ड ढल्दा ८ जनाको मृत्यु, ६० जना घाइते

भारतको मुम्बईमा अचानक आएको आँधीका कारण एउटा विशाल होर्डिङ बोर्ड भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी करिब ६० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो ।उद्धार कार्य जारी रहेकाले करिब २० देखि ३० जना अझै फसेको आशंका गरिएको आपतकालीन सेवाले जनाएको छ । मुम्बई शहरमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो ।

होर्डिङ बोर्ड खसेर सवारी साधनहरू पनि च्यापिएको दृश्य सामाजिक सञ्जालमा आएका छन् । घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन् । होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *