भारतले नेपाललाई भन्दा तीनगुणा बढी आर्थिक सहायता भुटानलाई दिने, नेपालको भागमा करिब १६ अर्ब

काठमाडौं। भारतले आर्थिक वर्ष २०२१/२२ मा नेपाललाई नौ अर्ब ९२ करोड भारतीय रूपैयाँ ९१५ अर्ब ८७ करोड २० लाख नेपाली रूपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

EPIC

भारत सरकारले आज प्रस्तुत गरेको बजेट कार्यक्रममा नेपाललाई उक्त रकम अनुदान सहयोगस्वरूप उपलब्ध गराउने उल्लेख छ। चालु आर्थिक वर्षमा सबैभन्दा बढी भारतीय अनुदान सहयोग पाउने राष्ट्रको सूचीमा भुटानपछि नेपाल दोस्रो नम्बरमा रहेको छ।

भारत सरकारले चालु आर्थिक वर्षमा भुटानलाई २१ अर्ब २४ करोड २० लाख अनुदान र आठ अर्ब ८० करोड ७५ लाख ऋण गरी कूल ३० अर्ब चार करोड ९५ लाख भारतीय रूपैयाँ ९४८ अर्ब सात करोड ९२ लाख नेपाली रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०२०र२१ को तुलनामा यस वर्ष भारतले नेपाललाई उपलब्ध गराउने अनुदान सहयोगमा एक अर्ब १२ करोड भारतीय रूपैयाँ एक अर्ब ७९ करोड २० लाख नेपाली रूपैयाँ० वृद्धि गरेको छ।

EPIC EPIC EPIC

आघिल्लो आर्थिक वर्ष भारतले नेपाललाई आठ अर्ब ८० करोड भारतीय रूपैयाँ उपलब्ध गराएको थियो। आर्थिक वर्ष २०१९/२० मा भारतले नेपलालई ११ अर्ब ९८ करोड २६ लाख भारतीय रूपैयाँ ९१९ अर्ब १७ करोड २१ लाख ६० हजार नेपाली रूपैयाँ अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो।

EPIC

चालु आर्थिक वर्षमा भारतले अन्य दक्षिण एसियाली राष्ट्र श्रीलंकालाई दुई अर्ब भारतीय रूपैयाँ, माल्दिभ्सलाई दुई अर्ब ५० करोड भारतीय रूपैयाँ, अफगानिस्तानलाई तीन अर्ब ५० करोड भारतीय रूपैयाँ र बंगलादेशलाई दुई अर्ब भारतीय रूपैयाँ अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar