Search
Close this search box.
Search
Close this search box.

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौ । भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध साढे ३ महिनापछि हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तर्गतको वाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ । निर्णयको कार्यान्वयन भने जनवरी २०२१ बाट लागू हुने विभागले जानकारी दिएको छ । उत्पादन कम भइ आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो ।


आयातमा प्रतिबन्ध हटाएसँगै नेपाली बजारमा पनि प्याजको मूल्य सस्तो हुनेछ । भारतले प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको भाउ पाँच गुणासम्मले वृद्धि भएको थियो । प्रतिकेजी ३० रुपैयाँ रहेको प्याजको मूल्य १५० रुपैयाँसम्म बिक्री भएको थियो भने हाल बजारमा प्याजको मूल्य १२० रुपैयाँ छ । भारतले प्रतिबन्ध लगाएपछि चीनबाट समेत प्याजको आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गर्छ ।


भन्सार विभागको तथ्यांकअनुसार भारत र चीनबाट वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात आयात हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि प्याजका लागि भारतमै निर्भर बन्नुपरेको छ । व्यवसायीका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब १ करोड ७० लाख रुपैयाँ बराबरको २७० टन प्याज खपत हुन्छ । तर, होटल व्यवसायमा मन्दी आएकाले अहिले भने खपत कम छ । यसमध्ये कालिमाटीमा ७० टन, बल्खुमा ३० टन, बानेश्वरमा ३० टन प्याजको कारोबार हुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *