Search
Close this search box.
Search
Close this search box.

भारतसँगको सीमाबाट हुने आवतजावत कात्तिक मसान्तसम्म रोक

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको हो । यसअघि केही खुकुलो पारिएपनि थप कडाइ गरिने छ ।

कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *