Search
Close this search box.
Search
Close this search box.

भारत तमिलनाडुको पटाखा कारखानामा आगलागी, ६ मजदुरको मृत्यु

काठमाडौं: भारतको तमिलनाडु राज्यमा रहेको पटाखा बनाउने कारखानामा आगलागी हुँदा ६ मजदुरको मृत्यु भएको छ। शनिबार भएको यो घटनामा केही मजदुर गम्भीर रूपमा घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार, आगलागी रासायनिक मिश्रणको क्रममा विस्फोट भएपछि भएको हो।

यो विस्फोटले कारखानाको एउटा कोठालाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। उक्त कोठामै मजदुरहरू काम गरिरहेका थिए। घटनास्थलमा प्रहरी र अन्य सम्बन्धित अधिकारीहरूले पुगेर अनुसन्धान सुरु गरिसकेका छन्।

EPIC EPIC EPIC

यसैगरी, भारतको तेलंगाना राज्यको यदाद्रि-भुवनगिरि जिल्लामा शनिबार अर्कै एक विस्फोटक कारखानामा भएको विस्फोटले एक व्यक्तिको मृत्यु र अर्को व्यक्ति घाइते भएको छ। प्रहरीले दिएको जानकारीअनुसार घाइते व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर छ। प्रारम्भिक अनुसन्धानका आधारमा यो विस्फोट विस्फोटक सामग्री निर्माणका क्रममा भएको आशंका गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *