Search
Close this search box.
Search
Close this search box.

भिसा लागेका १५ सयभन्दा बढी कामदार कोरिया जान नपाएपछि आन्दोलित

काठमाडौँ। भिसा लागे पनि दक्षिण कोरिया उड्न नपाएका कामदारले ललितपुर ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालय घेराउ गरेका छन्। सोमबार उनीहरूले भिसा लागे पनि टिकट अभावमा रोकिनु परेको भन्दै कार्यालय घेराउ गरेका हुन्।

एक पटकमा २५ देखि ३० जनाको मात्रै टिकट आउने गरेको र त्यसमा पनि भित्रभित्रै ट्राभलले बढी पैसा तिर्नेलाई मात्र टिकट दिइरहेको उनीहरूको आरोप छ। ईपीएस कार्यालयका शाखा अधिकृत कमलराज श्रेष्ठका अनुसार कोरियाको भिसा लागे पनि समयमा टिकट नपाउने समस्या छ। कोरिया जाने कामदार पठाउने एयरलाइन्सको पहिलाको टेन्डर सकिएको र नयाँ प्रक्रिया सुरु भएपछि यो समस्या समाधान हुने उनले बताए। ‘भिसा लागेका १ हजार ५ सयभन्दा बढी कामदार हवाई टिकटको समस्याका कारण उड्न पाएका छैनन्। यो समस्या समाधान गर्न नयाँ टेन्डर खुलाइएको हो। अब अर्को महिनादेखि यो समस्या हुँदैन।’

EPIC EPIC EPIC

समयमा कोरिया जान नपाएको लगायत गुनासो लिएर बर्सेनि भाषा पास गरेको कामदारले ईपीएस कार्यालय घेराउ गर्दै आएका छन्।

झापाका विकास घिमिरेको २०२४ सेप्टेम्बरमा इस्यू भएर अक्टोबरमा सीसीबीआई आइसकेको छ। भिसा लागे पनि तीन महिना बित्न लागिसक्यो तर टिकटको नपाएपछि आन्दोलन गर्नुपरेको उनले जानकारी दिए। ‘मैले २०२४ मा उत्पादनमूलक क्षेत्रतर्फ भाषा परीक्षा पास गरेको हुँ। तीन महिनाअघि नै भिसा आए पनि अहिलेसम्म उड्न पाएको छैन। टिकटका लागि तीन महिनादेखि काठमाडौँमा बसेको छु,’ उनले भने।

भिसाअवधि सकिन लागेका १५ सयभन्दा बढी कोरियन भाषा उत्तीर्ण गरेका कामदारको रोजगार बन्द भए पनि सरकारले बेवास्ता गर्दा आन्दोलन गर्नुपरेको उनीहरूको आरोप छ।

गत साता मात्र ईपीएसमार्फत् नेपालबाट दक्षिण कोरिया रोजगारमा जाने नेपाली कामदारहरूले तिर्ने हवाई भाडा तोकिएको छ। युनिभर्सल ट्राभलले प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान भर्ने जिम्मा पाएको छ।

शाखाले गत कात्तिक १३ मा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिलाई सस्तो मूल्यमा कोरिया जाने कामदारको टिकट वितरणका लागि छनोट गरेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *