Search
Close this search box.
Search
Close this search box.

भूकम्पबाट बाँचेका भन्छन् -“ज्यान जोगाउनै मुस्किल”

लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा परेका छन् । भूकम्प प्रभावित क्षेत्रका दीर्घरोगी, सुत्केरी, बालबालिका गरी हालसम्म २२ जनाको मृत्यु भइसकेको छ । समयमै अस्थायी टहरा निर्माणका गर्न नसके मृत्युको संख्या बढ्ने पीडितहरूले बताएका छन् ।

‘चिसो बढ्दै छ, न्यानो बास छैन, त्रिपालमुनिको बसाइले ज्यान जोगाउनै मुस्किल प¥यो’ –कुशे गाउँपालिका–८ का हस्त रोकायले गुनासो गर्नुभयो । उहाँले सरकारले अस्थायी आवासका लागि दिने भनी घोषणा गरेको ५० हजार रुपियाँ पाउन नसक्दा त्रिपालमुनि कष्टपूर्ण जीवन बिताएको बताउनुभयो । सोमबारदेखि हिमाली तथा पहाडी भूभागमा हिमपात हुन थालेपछि बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी गर्भवती महिला, दीर्घरोगी झन् समस्यामा परेका छन् । नलगाड नगरपालिका–४ चुनीलाल शर्माले चिसो बढ्दै जाँदा राहतबाट पाएको सामग्री पकाएर खानसमेत अप्ठ्यारो भएको बताउनुभयो । राहतबाट पाएको सामग्रीले छाक र रात बितेको उहाँको भनाइ थियो ।

सोमबार बिहानदेखिको सिमसिमे पानीले भूकम्प प्रभावित क्षेत्रका स्थानीयलाई बिचल्लीमा पारेको छ । लेकाली भेगमा हिउँ परेपछि लेकदेखि तलका बस्तीमा चिसो ह्वात्तै बढ्दा पीडितलाई झन् पीडा थपिएको छ । विगत वर्षमा हिमपात भए पनि घरभित्र आगो बालेर बसेका नागरिकहरू त्रिपालमुनि आगो बाल्न नमिल्ने हुनाले खुला आकाशमा खाना पकाउँदै आएका छन् । पीडितले आगो ताप्ने त परको कुरा हो खानासमेत पकाएर खान पाउने अवस्था छैन । कुशे गाउँपालिका–८ की विपना शर्माले अत्यधिक चिसो बढेकाले सुत्केरी, गर्भवती महिला, बालबालिका, दीर्घरोगी तथा ज्येष्ठ नागरिक समस्यामा परेको जानकारी दिनुभयो ।आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *