Search
Close this search box.
Search
Close this search box.

भैंसीलाई करणी गर्दै गरेको अवस्थामा ताप्लेजुङबाट युवक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङले बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किदै गरेको अन्दाजी १६ वर्षीय युवतीलाई जवरजस्ती करणी गर्न खोजेको अभियोगिमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । जवरजस्ती करणी गर्न खोज्दा युवतीले हारगुहार गरेपछि नजिकका स्थानीय घट्नास्थलतर्फ पुग्न साथ तामाङ फरार भएका थिए ।

EPIC EPIC

फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा बुधबार साँझ साढे ६ बजे गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेलापारी प्रहरीलाई बुझाएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जवरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्ने ७ दिने म्याद लिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *