दिपेन्द्र लुइटेल
भोजपुर । नेकपा एमाले भोजपुरमा अध्यक्षको लागि निर्बाचनको संभावना प्रलभ रहेका नेताहरु पटक पटकको कसरतबाट सहमतिमा नेतृत्व चयन गरिएको छ ।
अध्यक्षमा शरण कुमार राई सर्बसम्मत चयन भएका हुन । २०७५ साल जेठ २ गतेको संरचना अनुसार जिल्ला कमिटी सचिब रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समान्तर कमिटिका अध्यक्ष थिए ।
१० बुँदे कार्यन्वयनको क्रममा एमालेमै रहेका उनलाई गत असोजमा जिम्मेवारि हेरफेर गर्दै उपाध्यक्ष बनाइएको थियो । यस्तै अर्का प्रतिस्पर्धि मक्कर खडकालाई उपाध्यक्षमा सहमति गराइएको छ भने,सचिवमा किरण राई ,सहसचिवमा ध्यान बहादुर राउत र धर्म किरात छन ।