दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर फाईनलको अन्तीम खेलमा आयोजक जिल्ला फुटबल संघ बाहिरीएको छ ।
भोजपुरलाई सुन्यको विरुद्ध तीन गोल गर्दै चर्च ब्वाइज सेमीफाईनलमा प्रवेश गरेको हो । क्रमश खेल सुरु भएको ५, ११ र २७ औ मिनेटमा चर्च ब्वाइजका खेलाडी इल्लारा एस डिक्का, अवोयोमी र नविन लामाले गोल गरेका थिए । व्यक्तिगत विधातर्फ म्यानअफ दी म्याच चर्च ब्वाइजका जर्सी नंं ११ का नवीन लामा घोसित भए उनलाई नगत पाँचहजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए ।