Search
Close this search box.
Search
Close this search box.

भोलिदेखि सुरू हुने राष्ट्रियसभा बैठकमा अध्यादेश र प्रतिवेदनबारे छलफल हुने

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलिदेखि सुरू हुने बैठकका अजेन्डाहरू सार्वजनिक भएका छन्।

केपी शर्मा ओलीको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि आह्वान गरिएको बैठकका अजेन्डा तय भएका हुन्।

भोलिदेखि सुरू हुने राष्ट्रियसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, सरकारले यसबीचमा जारी गरेका अध्यादेशहरू बैठकका अजेन्डाका रूपमा तय भएका छन्।

यसैगरी, राष्ट्रियसभाका अध्यक्षबाट जारी गरिएका समिति गठनसम्बन्धी आदेशसहित थारू आयोग, मधेसी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी प्रतिवेदन तथा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *