भ्याक्सिन आउने कहिले ? मूल्यमा प्रतिस्पर्धा अहिले !

काठमाडौं। कोरोना संक्रमणबाट संसारले मुक्ति कहिले पाउने हो यसै भन्न सकिन्न। एकातिर चिसो बढेसँगै भाइरस फैलने खतरा हुने चिकित्सकहरु बताइरहेका छन् भने अर्कोतिर कतिपय मुलुकमा संक्रमण झनै बढेको गएको छ। यस्तोमा एक मात्र विकल्प भनेको कोरोनाविरुद्धको भ्याक्सिन हुन पुगेको छ।

EPIC

तर, भ्याक्सिन कहिले आउँछ? यकिन तिथि कसैले पनि बताउन सकिरहेको छैन। वैज्ञानिक तथा चिकित्सकहरु दिनरात भ्याक्सिन निर्माणमा लगाइरहेका छन्। मानिसले भ्याक्सिन पाउने यकिन मिति कसैले भन्न नसके पनि यसको मूल्यबारे बहस भने हुन थालेको छ। थुप्रै कम्पनीहरु भ्याक्सिन बनाउन लागिपरेकाले यसको मूल्य सोचेभन्दा कम हुने अनुमान गर्न थालिएको छ।

स्पुतनिक-भी गामेलिया नेसनल रिसर्च सेन्टर फर एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी तथा रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले बनाएका हुन्। रुसले आफ्नो भ्याक्सिन सुरक्षित रहेको दाबी गर्दै आएको छ।

मानिसहरु कुन भ्याक्सिनको मूल्य कति पर्ने हो भनी सोच्न थालेका छन्। संसारमै पहिलो भन्दै दाबी गरिएको रुसी भ्याक्सिन स्पुतनिक(भीको मूल्य फाइजर र मोडर्नाको तुलनामा कम पर्ने देखिएको छ। स्पुतनिक(भीको मूल्य सकेसम्म कम गरिने भ्याक्सिनको आधिकारिक ट्विटर ह्यान्डलमा आइतबार उल्लेख गरिएको छ। स्पुतनिक(भी रुसी सरकारले दर्ता गरेको पहिलो भ्याक्सिन हो।

फाइजरको भ्याक्सिन प्रति डोज १९.५ डलर पर्ने बताइएको छ भने मोडर्नाको २५ देखि ३७ डलरसम्म पर्ने छ। स्पुतनिक(भीको मूल्य यी भ्याक्सिनको भन्दा निकै कम हुने छ। रुसी प्रत्यक्ष लगानी कोषका प्रवक्तालाई उल्लेख गर्दै समाचार एजेन्सी तासले आफ्नो रिपोर्टमा आगामी साता रुसी भ्याक्सिनको मूल्य सार्वजनिक गरिने बताएको छ।

EPIC EPIC EPIC

स्पुतनिक(भी गामेलिया नेसनल रिसर्च सेन्टर फर एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी तथा रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले बनाएका हुन्। रुसले आफ्नो भ्याक्सिन सुरक्षित रहेको दाबी गर्दै आएको छ।

EPIC

मोडर्ना कम्पनीले आफ्नो भ्याक्सिनको मूल्यबारे जानकारी दिँदै प्रति डोज २५ देखि ३७ डलर पर्ने बताएको हो। साथै, यसको मूल्य अर्डरको परिमाणमा निर्भर गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टिफेन बेन्सेलले बताए। मोडर्नाको भ्याक्सिन ९४.५ प्रतिशत सफल रहेको दाबी गरिएको छ। (एजेन्सी)

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar