काठमाडौं । केडिया अर्गनाइजेसन अन्तर्गतको केडिया इन्टरनेसनल प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ । ‘भ्यालेन्टाइन्स डे’का अवसरमा एम्पेयर इलेक्ट्रिक स्कुटर खरिद गर्दा जोडीको उमेरका आधारमा छुट पाइने भएको हो ।
कम्पनीका एक कर्मचारीका अनुसार यस अफरमा प्रेम प्रेमिकाको संयुक्त उमेर बराबरको छुट पाइने भएको छ । मानौँ प्रेमीको उमेर ३० वर्ष छ र प्रेमिकाको उमेर २० वर्ष छ भने उनीहरूले ५० हजार रुपैयाँ छुट पाउने भएका छन् ।
यस्तो छुट विवाहित जोडीहरूले पनि पाउने भएका छन् । यसमा उमेरको हद भने तोकिएको छैन । जुनसुकै उमेरका जोडीहरू पनि सहभागी हुन पाउनेछन् । तर, त्यसका लागि सवारी चालक अनुमति पत्र र नागरिकता अनिवार्य गरिएको छ । यो अफर एम्पेयरको प्रिमस मोडलमा मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस छुटको अधिकतम सीमा एक लाख ५० हजार रुपैयाँ रहेको छ । फेब्रुअरी १४ शुक्रबारसम्म लागू हुने यस अफरमा सहभागी हुन चाहानेहरुले यस कम्पनीको शोरूम टेकु, इटहरी र भक्तपुर जानुपर्ने भएको छ ।
एम्पेयरको प्रिमस इलेक्ट्रिक स्कुटरको मूल्य तीन लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । अफर सार्वजनिक गर्नु अगाडी भने यस स्कुटरको मूल्य तीन लाख ३० हजार रुपैयाँ रहेको थियो ।