Search
Close this search box.
Search
Close this search box.

मंसिर २३ गतेदेखि खुलामञ्‍चमा खाना नखुवाउने सहमति, अर्को ठाउँ खोजिने

काठमाडौं। खुलामञ्‍चसहित सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने भएको छ। त्यसको ठाउँमा वैकल्पिक स्थानको खोजी गरिनेछ। काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउदैं आएका अभियन्ताबीच भएको सहमति अनुसार मंसिर २३ गतेदेखि खुलामञ्‍चमा खाना नखुवाउने सहमति भएको हो।

निःशुल्क खाना खुवाउनका लागि वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय तहहरुसँग समन्वय गरेर अगाडि बढ्ने सहमति भएको अभियन्ता अन्शु यादवले जानकारी दिए। 

अब उनीहरूले भाईटीकाको दिनसम्म वैकल्पिक ठाउँ खोजिसक्नुपर्नेछ। खुलामञ्‍चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने,  वातावरण प्रदुषित हुने तथा सामाजिक प्रतिष्ठामा समेत असर पर्ने ठहर गर्दै यस्तो निष्कर्षमा पुगिएको अन्शुको भनाई छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *