मकवानपुरको कैलाश गाउँपालिकाले बनायाे ३१ वटा कानुन

मकवानपुर। मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले उक्त पालिकाको सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानुन बनाएको छ।

EPIC

तीन वर्षमा निर्माण गरिएको ३१ वटा कानून कार्यावन्यनमा आएको सो गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानका अनुसार प्रशासकीय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाएको छ।

त्यस्तै कर तथा गैह्रकर राजश्व लगाउने र उठाउने सम्बन्धमा बनेको ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन गर्न बनेको ऐन निर्माण गरेर कार्यान्वयमा ल्याइएको छ। 

EPIC EPIC EPIC

“कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाएको छ”

स्वास्थ्य सेवा, न्यायिक समिति कार्यविधि पूर्वाधार विकाससम्बन्धी, कैलाश गाउँपालिका सेवा, पूर्वाधार व्यवस्थापन, सहकारी, कृषि यान्त्रिकरण कार्यविधि, उपभोक्ता समिति सञ्चालन निर्देशिका, गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, ज्येष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यवस्थापन कार्यविधि ऐन कार्यावन्वयनमा ल्याइएको अध्यक्ष मोक्तनले बताए। 

EPIC

उनले विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानुनको परिधिमा रहेर छिटो छरितो रूपमा भइरहेको उल्लेख गरे। रासस

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar