Search
Close this search box.
Search
Close this search box.

मकालु हिमाल आरोहणको क्रममा फ्रान्सेली नागरिकको मृत्यु

मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा आठ हजार तीन सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए । उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै बुधबार मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए । 

उनीसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ । 

एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *