मदन भण्डारी राजमार्ग पूर्ण रूपमा बन्द हुने

काठमाडौं । मदन भण्डारी राजमार्गको रिडी तम्घास सडकखण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ ।

उक्त सडकखण्डको ठुलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने, ग्रेड मिलाउने कामका लागि यही चैत २३ देखि वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख इन्जिनियर रमेश चौधरीले जानकारी दिए । यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ । 

EPIC EPIC EPIC

उक्त सडकको विकल्पमा पानी ट्याङ्की थोर्गा, स्याल बिसौनादेखि रातामाटा सडक हुँदै रिडी, पिपलनेटा, दिगाम हुँदै रिडी, लुम्छा, धरमपानी, दिगाम हुँदै रिडी र घुम्ती, चारपाला, खज्र्याङ हुँदै रिडी सडकखण्ड प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ ।   

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *