Search
Close this search box.
Search
Close this search box.

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको छ । आजको बैठकले कोभिड–१९ सङ्क्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्न सक्ने बताइएको छ ।

बैठकले कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुनेछ । आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र -सीसीएमसी ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।

यस्तै पहाडमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय सङ्क्रमित भएमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र -डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *