Search
Close this search box.
Search
Close this search box.

मन्त्री कार्कीको अभिव्यक्ती प्रति दुर्गा शक्तिपीठ संरक्षण समिति गारामनीको गम्भिर आपत्ती

झापा। दुर्गा शक्तिपीठ संरक्षण समिति विर्तामोड ८ झापाले कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एक राज कार्कीको अभिव्यक्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्दिर संरक्षण समितिले कृष्ण जन्माष्टमीको अवसरमा राजवंशी विकाश समाजले मंगलवार गरामनीमा आयेजना गरेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्कीले दिएको अभिव्यक्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

EPIC

समितिले बुधवार एक विज्ञप्ती जारी गर्दै दुर्गा शक्तिपीठ संरक्षण समिति अवैधानीक र अराजक भएको भन्ने मन्त्री कार्कीको आपत्तीजनक अभिव्यक्ती तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

मन्दिर संरक्षण समितिका अध्यक्ष देवि प्रसाद पाण्डे, उपाध्यक्ष निलम उप्रेती र सचिव नवराज भट्टराईद्वारा हस्तारक्षीत विज्ञप्तीमा उक्त अभिव्यक्ती तत्काल फिर्ता लिई सार्वजनी रुपमा माफी माग्न मन्त्री कार्कीलाई आग्रह गरीएको छ ।

मन्दिर संरक्षण समिति जिल्ला प्रशासन कार्यालय झापा र विर्तामोड नगरपालीकामा विधिवत रुपमा दर्ता भएको सामाजीक सस्था रहेको जनाउदै विधिसम्मत समितिको गठन र संचालन भइरहेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

विधिवत रुपमा दर्ता भएको समितिको वैधानीकतामा प्रश्न उठाएर मन्त्री कार्कीले जनमतको अपमान गरेको आरोप लगाउदै मन्दिर संरक्षण समितिले आपत्तीजनक अभिव्यक्ती पुष्टी गर्न समेत चुनौती दिएको छ ।

मन्त्री कार्की यस अघि लामो समय गरामनीको दुर्गा शक्तिपिठको संयोजमक समेत रहनु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *