मन्त्री पाठकको दाबी : ‘बजेटमा कुनै विभेद छैन, आवश्यकता र न्यायका आधारमा स्रोत विनियोजन’

विराटनगर। कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री चिन्तन पाठकले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा कुनै पनि जिल्ला, निर्वाचन क्षेत्र, समुदाय वा राजनीतिक आस्थाका आधारमा विभेद नगरिएको दाबी गरेका छन्।

AI-generated, Chintan Pathak

प्रदेश सभामा विनियोजन विधेयकमाथिको समूहीकृत छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाठकले बजेट आवश्यकता, सम्भाव्यता, जनघनत्व, सेवा पहुँच र विकासको सन्तुलनलाई आधार बनाएर तयार गरिएको बताए। उनले प्रदेश सरकारको लक्ष्य सुरक्षित खानेपानी, भरपर्दो सिँचाइ र स्वच्छ ऊर्जामार्फत नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउनु रहेको स्पष्ट पारे।

EPIC EPIC EPIC

मन्त्री पाठकका अनुसार चालु आर्थिक वर्षमा खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा करिब ५७ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ। खानेपानीतर्फ नयाँ आयोजना सञ्चालन, पुराना योजनाको स्तरोन्नति, मुहान संरक्षण, सार्वजनिक स्थानमा शुद्ध खानेपानी प्लान्ट स्थापना तथा जलवायु उत्थानशील कार्यक्रमलाई प्राथमिकता दिइएको उनले जानकारी दिए।

सिँचाइ क्षेत्रका लागि मझौला आयोजना, सोलार सिँचाइ प्रणाली, नदी नियन्त्रण तथा जलाधार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै उनले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको आय बढाउने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताए।

ऊर्जा क्षेत्रअन्तर्गत सौर्य सडकबत्ती, सामुदायिक विद्यालयमा रूफटप सोलार, युटिलिटी स्केल सोलार प्लान्ट, लघु जलविद्युत् आयोजना तथा दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको मन्त्री पाठकले बताए। उनले ऊर्जा क्षेत्रलाई आर्थिक विकाससँगै सामाजिक रूपान्तरणको आधारका रूपमा अघि बढाइएको उल्लेख गरे।

प्रदेश सभा सदस्यहरूले छलफलका क्रममा उठाएका विभिन्न योजनासम्बन्धी सुझावलाई सकारात्मक रूपमा लिँदै छुटेका १७ वटा योजनालाई समावेश गरिने तथा अधुरा आयोजनाहरूलाई क्रमशः सम्पन्न गर्दै लगिने प्रतिबद्धता पनि उनले जनाए। सांसदहरूले उठाएका केही स्थानीय आयोजनाको आवश्यक व्यवस्थापन गरिने आश्वासनसमेत उनले दिए।

बजेट वितरणमा पक्षपात भएको आरोपप्रति जवाफ दिँदै मन्त्री पाठकले प्रदेश आयोजना बैंकबाट प्राथमिकताका आधारमा छनोट भएका आयोजनालाई मात्र बजेटमा समावेश गरिएको स्पष्ट पारे। उनले राज्यको स्रोत सम्पूर्ण नागरिकको साझा सम्पत्ति भएकाले यसको वितरणमा निष्पक्षता र सामाजिक न्यायलाई केन्द्रमा राखिएको बताए।

मन्त्री पाठकले प्रतिपक्षी दलका नेताहरूले समेत आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटको निष्पक्षता र सन्तुलनको प्रशंसा गरेको भन्दै त्यसप्रति आभार व्यक्त गरे। लोकतन्त्रमा रचनात्मक आलोचना र सकारात्मक सहयोग दुवै आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिको सहकार्य अपरिहार्य रहेको बताए।

सम्बोधनको अन्त्यमा मन्त्री पाठकले सरकार पारदर्शिता, सुशासन, जवाफदेहिता तथा समयमै आयोजना सम्पन्न गर्ने संस्कृतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै जनताको करको प्रत्येक रुपैयाँको सदुपयोग गर्दै विकासलाई परिणाममुखी बनाइने विश्वास व्यक्त गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च