झापा । लागुऔषध खैरो हेरोइन ब्राउन सुगर १४ ग्रामसहित झापाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हेरोइनसहित मेचीनगर नगरपालिका–४ का ३७ वर्षीय सम्बरबहादुर आलेमगर पक्राउ परेका हुन् । मेचीनगर–४ स्थित राईसिङमा खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो ४ः५५ बजेतिर आलेमगरलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारतबाट नेपालतिर आउँदै गरेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा प्रहरीले उनको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको हो । डब्लु बि ७४ ए के ६०९९ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका आलेमगरविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।