महानन्द चौकमा प्रेमिकाको हत्या गर्ने युवक गम्भीर, भद्रपुरमा उपचार जारी

बिर्तामोड । प्रेमिका भनिएकी युवतीको हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका–३ बस्ने २० वर्षीय अनिल विकको अवस्था गम्भीर रहेको छ ।

प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘उनको अवस्था क्रिटिकल नै छ ’ बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले भने,‘अहिलेसम्म बोल्न सकेका छैनन् । अचेत नै छन् ।’

EPIC EPIC EPIC EPIC EPIC

उनले हिजो साँझ ६:३० बजेतिर अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका भनिएकी इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् ।युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई भाग्ने क्रममा नाम थर नखुलेका स्थानीय व्यक्तिहरूले कुटपिट गरी विकलाई घाइते बनाएको प्रहरीले जनाएको छ । कैलालीका विक कहिले आए र युवतीसँग पछिल्लो भेट कसरी भयो भन्ने खुलिनसकेको डीएसपी विष्टले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *