महामारीमा बालबालिका बचाउन अन्तर्कृया गर्दै जिल्ला प्रशासनलाई ध्यानाकर्षण

झापा । कोरोना महामारीबाट बालबालिकालाई बचाउनका लागि बिशेष ध्यान दिन सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यलय झापाको ध्यानाकर्षण गराएको छ ।

EPIC

बालबालिका तथा शिक्षा संचार मञ्च नेपालले भर्चुअल माध्यमबाट मंगलबार आयोजना गरेको अन्तर्कृया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना समक्ष बाल बचाउका लागि विशेष पहलकदमी लिन आग्रह गरिएको हो ।

मञ्चको आयोजनामा सम्पन्न बालमैत्री कोभिड अस्पताल तथा आईसोलेसन ब्यबस्थापन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष सरोज पौडेलले महामारीमा बालबालिका बचाउन झापाका स्थानिय तहहरु गम्भीर हुनुपर्नेमा जोड दिए । उनले हालको अवस्थामा संक्रमित ब्यक्तिले एम्बुलेन्स तथा उपचार नपाएको गुनासो बड्न थालेकोले बालबालिका झन जोखिममा रहेको तर्फ सचेत गराए । त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न बालबालिका तथा शिक्षा संचार मञ्च तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा प्रादेशिक संचार प्रतिस्ठानका सदस्य एवम् साझामन्च डटकमका सम्पादक गोपाल काफ्ले, प्याब्सन झापाका अध्यक्ष एल पि उप्रेती, एन प्याब्सन कोषध्यक्ष मोहन आचार्य, नेल्टा झापाका उपाध्यक्ष केशव मैनाली, मञ्चका सदस्य उमानाथ भण्डारी, पत्रकारहरु अच्युत सुवेदी, हरी बराल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

EPIC EPIC EPIC

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बालबालिकाप्रति स्थानीय सरकार अझ गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छ्न ।
उनीहरुले बाल मनोबैज्ञानिक बुझेर कोरोना संक्रमणबाट बचाउन सबैले आ आफ्नो तर्फबाट भुमिका खेल्नुपर्नेमा जोड दिए ।

EPIC

जवाफमा प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बालमैत्री कोभिड अस्पताल संचालन गर्न तत्काल सम्भव नभएपनि आउँदा दिनहरुमा आउनसक्ने यस्तै खाले महामारीका लागि आजै देखि योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । हालको अवस्थामा संक्रमित बालबालिकाहरुको उचित उपचारका लागि कुनै कसर बाँकी नराखिने पनि तिम्सिनाले बताए ।

हाल झापामा २ हजार ९ सय २ जना सकृय संक्रमित रहेकोमा २सय ३४ जना १८ बर्ष भन्दा कम उमेरका बालबालिका रहेका पनि उनले जानकारी दिए । ती मध्ये १३ जना बालबालिका विभिन्न अस्पतालमा उपचाररत रहेको र बाँकी होम आईसोलेसनमा रहेको उनले बताए । झापामा ७ लाख बढी बालबालिका रहेका छन । मञ्चका अध्यक्ष सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण शृजन घिमिरेले गरेका थिए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar