Search
Close this search box.
Search
Close this search box.

महिला सामुदायिक अस्पताललाई निशुल्क एम्बुलेन्स

अनिल वाग्ले, जेठ १ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले आफूहरूलाई नाेबेल हस्पिटल बिराटनगरका संचालक डा. सुनिल शर्माद्वारा प्राप्त भएको एम्बुलेन्स झापाकाे बुद्धशान्तिमा समुदायबाट संचालित रहेको महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण गरिएको जनाएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका डा. सुनिल शर्माले आर्थिक रुपमा बिपन्न जनतालाई सहयोग पुगोस् भनेर नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ लाई निशुल्क एम्बुलेन्स प्रदान गरेका थिए ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ ले सो कुरालाई मद्यनजर गर्दै समुदायबाट संचालित महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण गरिएको सभापति मैनालीले बताए ।

अस्पतालकी अध्यक्ष बिष्णु मैनालीले एम्बुलेन्स आफूहरूलाई प्रदान गरेकोमा डा. शर्मा र नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ लाई धन्यवाद दिएकि छिन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *