माओवादी केन्द्रकी हल्दिबारी संयोजक टिकादेवी राप्रपामा प्रवेश

झापा। नेकपा माओवादी केन्द्र हल्दिबारीकी संयोजक टिकादेवी राउत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छिन्।
आज एक कार्यक्रमका बीच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट पार्टीको सदस्यता लिएर उनी प्रवेश गरेकी हुन्। २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट उनी हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन्।

यसैगरी, लामो समयसम्म एमालेमा रहेका वडा नं. २ का गाउँ कमिटी सचिव भीम मगर पनि आजै राप्रपामा प्रवेश गरेका छन्। त्यस्तै, अनेमसंघ क्रान्तिकारीकी वडा संयोजक रूपा गौतम पनि पार्टी प्रवेश गरेकी छिन्।

EPIC EPIC EPIC

यसैगरी, आज विभिन्न पार्टी परित्याग गरी धेरैले राप्रपामा प्रवेश गरेका छन्। पछिल्लो समय राप्रपामा प्रवेश गर्नेको लहर चलेको देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *