Search
Close this search box.
Search
Close this search box.

माग पूरा नभए डा. केसीले फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने

काठमाडौं – डा. गोविन्द केसीले विभिन्न ३ बुँदे माग राख्दै फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । बिहीबार माइतिघर मण्डलामा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने बताएका हुन् ।

डा केसीले संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने माग राखेका छन् ।

डा केसीले यी माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि आफुले सत्याग्रह शुरु गर्ने बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *