माधव नेपाल: प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली घाँडो हुन्छ

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपाललाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीतर्फ लैजान नहुने बताएका छन्। काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जस्तो घाँडो अरू के होला? अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग गरिरहेका छन्। केही बोल्यो कि पोल्यो!”

अध्यक्ष नेपालले यदि विभिन्न देशमा राष्ट्रपतीय प्रणालीले ल्याएको समस्या थाहा नभएको भए, त्यसबारे स्पष्ट पार्न गोष्ठी आयोजना गर्न सकिने बताए। उनले थपे, “म सबै विवरण दिन सक्छु। म आफैं त्यहाँ गएको छु, सुनेको छु, बुझेको छु। त्यसैले नेपाल जस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली उपयुक्त हुन्छ कि हुँदैन, त्यसबारे बहस गरौंला। तर अहिले त्यसमा प्रवेश नगरौं।”

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *