Search
Close this search box.
Search
Close this search box.

मानव विकास सूचकांकमा नेपाल पाँच स्थान माथि उक्लियो

काठमाडौं/ मानव विकास सूचकांकमा पाँच अंक सुधारिँदै नेपाल विश्वको १४२औं स्थानमा उक्लिएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८९ देशमध्ये नेपाल १४२औं स्थानमा उक्लिएको हो।

सन् २०१९ मा यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकमा नेपालले दुई स्थान सुधार गर्दै १४७औं स्थानमा अटाएको थियो। त्यसको एक वर्षमा नै नेपालले ५ स्थानमा उक्लन सफल भएको हो।

सन् २०१९ मा नेपालको मानव विकास सूचकांक (एचडीआई) ०.६०२ छ। जुन, अघिल्लो वर्ष ०.५९५ थियो।

यसैगरी लैगिंक समानता र लैगिंक विकास सूचकांकमा पनि नेपाल १४२औं स्थानमै अटाएको छ।

यूएनडीपीले दीर्घ, स्थास्थ्य जीवन र औसत आयुका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ।

नर्वे पहिलो स्थानमा

मानव विकास सूचकांकमा विश्वका १८९ मुलुकमध्ये नर्वे पहिलो स्थानमा छ। नर्वेको मानव विकास सूचकांक ०.९७५ छ। नर्वे अघिल्लो वर्ष पनि स्थानमा थियो।

नर्वेपछि ०.९५५ सूचकांकसहित आयरल्याण्ड दोस्रो स्थानमा छ। त्यसपछि स्वीजरल्याण्ड तेस्रो र एसियाली मुलुक हङकङ चौथो नम्बरमा छ।

हङकङ मानव विकास सूचकांकमा एसियाली मुलुकको अग्रस्थानमा छ। हङकङपछि आइसल्याण्ड छैटौं, जर्मनी सातौं, अष्ट्रेलिया आठौं, नेदरल्याण्ड नवौं र डेनमार्क दशौं स्थानमा छन्।

यस्तै, फिनल्याण्ड र सिंगापुर समान इन्डेक्ससहित ११औं स्थानमा रहेको यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

दक्षिण एसियामा छैठौं स्थानमा नेपाल

१४२औं स्थानमा उक्लिएको नेपाल दक्षिण एसियामा छैठौं स्थानमा अटाएको छ। नेपालभन्दा अगाडि बंगलादेश, भारत, भुटान, माल्दिभस र श्रीलंका छन्।

यस्तै, पाकिस्तान र अफगानिस्तान भने नेपालभन्दा पछाडि परेका छन्। पाकिस्तान १५४औं र अफगानिस्तान १६९औं स्थानमा छन्।

यसैगरी, दक्षिण एसियाको पहिलो स्थानमा श्रीलंका ७२औं स्थानमा छ। यसैगरी दोस्रो स्थानमा माल्दिभस ९५औं स्थानमा छ। यसपछि भुटान १२९औं, भारत १३१औं र बंगालदेश १३३औं स्थानमा छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *