Search
Close this search box.
Search
Close this search box.

मानव-हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाले ज्यान गुमाए

काठमाडौँ । हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ। यो अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा बढ्दै गएको छ।

आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३९, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या एक सय २४, घरगोठको क्षति पाँच सय ३१ छ।

EPIC EPIC EPIC

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुसार सबैभन्दा बढी हात्ती र त्यसपछि बाघको आक्रमणबाट मानिसको मृन्यु हुने गरेको तथ्याङ्क छ।

२० वर्षमा मात्रै नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन्। यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ। विशेषगरी झापालगायत पूर्वी क्षेत्रमा मानव–हात्ती द्वन्द्व ठूलो समस्यामा रूपमा देखिएपछि वन मन्त्रालयले प्राथमिकता दिएर न्यूनीकरणका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ। तर त्यो प्रभावकारी देखिएको भने छैन।

मङ्गलबार मात्रै वनमन्त्री ऐनबहादुर शाही ठकुरीले झापा पुगेर मानव–हात्ती द्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि ल्याउने बताए। सुदूरपूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा सरोकारवालाले बुझाएको मागपत्र ग्रहण गर्दै उनले मानव–हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले कानुनी बाधा अड्चन फुकाएर भए पनि स्थानीय प्रभावित समुदायका माग र सुझावलाई कार्यान्वयन गर्ने उल्लेख गरेका थिए।

सोही कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित सर्वपक्षीय छलफल गरी मानव–हात्ती द्वन्द्व समाधानका लागि १४ बुँदे साझा निष्कर्षसमेत निकालिएको थियो।

महामन्त्री शर्माले झापामा हात्ती प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबीच पहिलो पटक साझा धारणा बनेको उल्लेख गर्दै मानव र हात्तीबीच सहअस्तित्व कायम गरेर समस्याको समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराएका थिए।

मन्त्री ठकुरीसहितको टोलीले मेचीनगरको बाहुनडाँगीस्थित भारतबाट हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्र र स्थानीय सामुदायिक वनको निरीक्षणसमेत गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *