मापसे गरेर एम्बुलेन्स चलाउने राजवंशी पक्राउ

रातिको समयमा मदिरा सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति प्र.१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी-४ का २८ वर्षीय सुनिल राजवंशीलाई मदिरा सेवन गरी एम्बुलेन्स चलाएको भेटिएपछि नियन्त्रणमा लिइएको हो। 

EPIC EPIC EPIC EPIC

उनलाई नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहारसमेत गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै मंसिर राति को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ जिल्ला रतुवामाई नगरपालिका-५ बस्ने वर्ष २९ को सफल मुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाई को २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिनुका साथै अन्य मोटरसाइकल र पसलको सटरमा समेत क्षति पुर्‍याएको पाइएपछि पक्राउ गरी उनलाई पनि अभद्र व्यवहार कसुर अन्तर्गत अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट १० हजार धरौटी माग गरिएको छ। 

एम्बुलेन्स जस्तो संवेदनशील सेवामासमेत मादक पदार्थ एवं लागु पदार्थ सेवन गरी सवारी चलाई बिरामी र सडक प्रयोगकर्ताहरूलाई जोखिम पुर्‍याउने प्रवृति देखिएकोले सो लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले शून्य सहनशिलताको नीति अख्तियार गर्दै कानुनको दायरामा ल्याउने अभियान सञ्चालन गरेको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *