मास्क नलगाउनेलाई काठमाण्डौ जिल्ला प्रशासनकाे कारबाही, १ सय रुपैयाँ जरिबाना

काठमाण्डाै – मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाण्डौ जिल्ला प्रशासनले कारबाही गरेको छ ।

बुधवार जिल्ला प्रशासनले काठमाण्डौको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो ।

EPIC EPIC EPIC

त्यस्तै प्रशासनले काठमाण्डौको सुन्धारामा रहेकाे सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताउनु भयो ।

उहाँले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई एक सय रुपैयाँको कारबाही गरिएको बताउनु भयो ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गर्नुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *