मिडिया रिसर्च सेन्टरको आयोजनामा बिर्तामोडको विकासबारे बहस

झापा/ झापाको बिर्तामोडमा आज बिर्तामोडको विकासबारे विचार र विमर्स भएको छ । मिडिया रिसर्च सेन्टर बिर्तामोडले नगरको पहिचान, शक्ति र सामाथ्र्यका विषयमा ‘बिर्तामोड डेपलपमेन्ट समिट’ कार्यक्रम गरेको हो । मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा बुधबार ‘बिर्तामोड विकास शिखर सम्मेलन’ गरेको हो । 

सेन्टरले नगरको शिक्षा, स्वास्थ्य, व्यावसाय, सहकारी र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा नगरको पहिचान, शक्ति र सामाथ्र्यबारेमा प्यानल डिस्कसन गरेको हो । नगरको शिक्षा, स्वास्थ्य, व्यावसाय, सहकारी र स्थानीय तहसहित सरोकारवालासँग भएका कार्य, समस्या, चुनौती र समाधानका विषयमा कार्यक्रममा छलफल भएको थियो । 

EPIC EPIC EPIC EPIC EPIC

प्रमुख वक्ता बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ रहेको कार्यक्रमको संयोजन मिडिया रिसर्च सेन्टरका सञ्चालक तीर्थ सिग्देलले गरेका थिए । 

बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले शिक्षा, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले स्वास्थ्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले व्यापार तथा व्यावसाय, झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले सहकारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समग्र नगरको अवस्था, चुनौती र समाधानका विषयबारे धारणा राखेका थिए ।  उनीहरूले कार्यक्रममा सहभागीहरूको जिज्ञासाको जवाफसमेत दिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *