Search
Close this search box.
Search
Close this search box.

मिस टिन च्याम्प झापाको ताज अर्जुनधाराकी प्रसाईंलाई

  • मिस टिन च्याम्प झापाको ताज अर्जुनधाराकी प्रसाईंलाई ।
  • सातजना प्रतिस्पर्धीलाई पछि पार्दै प्रसाईंले मिस टिन च्याम्पको ताज पहिरिएकी हुन् ।
  • कम्पनीका अध्यक्ष राजिव न्यौपानेको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताको प्रमुख अतिथि सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई रहेका थिए ।
  • उक्त कार्यक्रममा पालिका सन्देश पनि मिडिया पाट्र्नरको रुपमा रहेको थियो ।

पुरा पढ्नुहोस् :

बिर्तामोड । जोइन्ट ब्रर्दश इन्टरटेनमेन्ट एण्ड मिडिया कम्पनी प्रा.लि.को आयोजनामा झापाको बिर्तामोडमा शनिबार राती सम्पन्न मिस टिन च्याम्प प्रतियोगिता झापा अर्जुनधाराकी सारीका प्रसाईंले उपाधि जितेकी छन् ।

सातजना प्रतिस्पर्धीलाई पछि पार्दै प्रसाईंले मिस टिन च्याम्पको ताज पहिरिएकी हुन् । मिस टिन च्याम्पको उपाधिसँगै प्रसाईंले मिस एथलेटिक्स र मिस टेलेन्टको उपाधि समेत हात पारिन् ।

त्यस्तै प्रतियोगिताको फस्ट रनरअप, मिस मल्टिमिडिया र वेष्ट वर्कको उपाधि काँकरभिट्टाकी ग्रेसी प्रधानले प्राप्त गरिन् भने सेकेण्ड रनरअप, भ्युवर च्वाइज र मिस फोटोजेनीको उपाधि काँकरभिट्टाकै रिकिसा श्रेष्ठले हात पारिन् ।

त्यसैगरी मिस वेष्ट पर्सनालिटी, अरगनाइर च्वाइज र बिउटी हुथ प्रपोज सदिक्षा खरेल, मिस इन्टलेक्चल र मिस कन्फिडेन्स सृष्टिका बुढाथोकी, मिस डिसिप्लेन अस्मिता अधिकारी, मिस फ्रेन्डली दिक्षा चापागाईं र मिस पङच्वलीटि आस्मा कडरिया घोषित भएको इभेन्ट डाइरेक्टर प्रकाश निराकारले जानकारी दिए ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा अमरसिंह ल्यायो मगर, लिला अनमोल, इन्द्रकमल खनाल र भूमिका दाहाल पोखरेल रहेका थिए । प्रतियोगितामा सुजित वंशलको स्पेशल, बबिता आचार्यको अफिसियल र एलिसा प्रसाईंको एसिटेन्ट कोरियोग्राफर रहेको थियो ।

कम्पनीका अध्यक्ष राजिव न्यौपानेको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताको प्रमुख अतिथि सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई रहेका थिए ।

कम्पनीका मेनेजिङ डाइरेक्टर अभिषेक श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए भने डाइरेक्टर उत्सव भट्टराईले मन्तव्यबाट स्वागत गरेको फाइनल कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिकृष्ण भण्डारीले गरेका थिए । उक्त कार्यक्रममा पालिका सन्देश पनि मिडिया पाट्र्नरको रुपमा रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *