Search
Close this search box.
Search
Close this search box.

मुख्यमन्त्री नै बन्द गराउन सडकमा निस्किएपछि….

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड समूहले गरेको आमहड्तालको कारण देशभर जनजीवन प्रभावित बनेको छ। उक्त समूहका नेता तथा कार्यकर्ता सडक, व्यापार व्यवसाय बन्द गराउँदै हिँडेका छन्।

नेकपाका शीर्ष नेताहरू बन्दको निरीक्षण गर्दै हिँडेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बन्दमा सहभागी भएका छन्। यतिबेला प्रदेश छोडेर काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट सातदोबाटो क्षेत्रमा बन्द गराउँदै हिँडेका हुन्।

बन्दको समयमा सुदूरपश्चिम प्रदेश क्षेत्रमा शान्तिसुरक्षा व्यवस्था कायम गर्नुपर्ने मुख्यमन्त्री नै बन्द गराउँदै हिँडेपछि सर्वत्र विरोध हुन थालेको छ। सामाजिक सञ्‍जाल प्रयोगकर्ताहरूले ‘आफैं सरकार चलाउने, आफैं हड्ताल गर्दै हिँड्ने’ भन्दै आलोचना गरेका हुन्।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले सातदोबाटो क्षेत्रमा आमहड्तालमा सहभागी भइरहेको जानकारी दिए।

उनी नेकपा स्थायी कमिटी सदस्य देव गुरूङलगायत नेता कार्यकर्तासँगै देखिएका छन्। मुख्मन्त्री भट्ट यसअघि धनगढीमा आयोजित नेकपाको आमसभाका कारण विवादमा तानिएका थिए।

उनी प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा सहभागी भएका थिएनन्। प्रचण्ड समूहले आयोजना गरेको आमसभामा भने उनी स्वागतकै लागि विमानस्थलसम्म पुगेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *